Nine diseases and their solution!

[postlink]https://midnepallove.blogspot.com/2013/03/nine-diseases-and-their-solution.html[/postlink]


नौ रोग र तिनको घरेलु उपचार
===================
रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ ।
उपचारका लागि अस्पताल वा क्लिनिक
कुँदिहाल्छौँ । गाउँघरतिर
सानो तिनो रोग
ब्याधमा घरायासी औषधि र
जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत
गर्ने प्रचलन छ । तर सहरबजार तिर
घरायासी औषधितथा घरेलु
उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन ।
थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् ।
यस्तो अवस्थामा क्लिनिक कुँदेर
एलोप्याथिक
औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर
बजारमा समेत हामीले घरकोठामै
केही सामान्य
रोगको घरेलु विधिबाटै उपचार गर्न
सक्छौँ । यसो गरियो भने उपचार खर्च
जोगिने मात्र होइन
औषधिको नकारात्मक असर बाट
पनि बँचिन्छ । यहाँ हामीले केही रोग र
तिनका घरेलु
उपचारका विषयमा जानकारी प्रस्तुत
गरेका छू ।
१. चिसो र रुघा खोकीः चिसो र
रुघा खोकी लागेमा मरिच र
सुकेको अदुवा पिँसेर धुलो बनाउनुहोस्,
त्यसलाई महमा मोलेर दिनको २।३ पटक
खानुहोस् ।
यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै
बेसारमा मह मिसाएर खाने
गरेमा पनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्ता वा उल्टी विभिन्न
कारणले हुनसक्छ । सामान्य
उल्टी रोक्नका लागि पानी
मा कागतीको रस र केही नुनहालेर
खाँदा फाइदा हुन्छ । साथै कागतीको रस
र चिनी मिसाएर पानीमा हालेर
खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३.
कब्जियतः रातमा खाना खाइसकेपछि इशागोल
र दूध मिलाएर
खाँदा कब्जियतमा फाइदा हुन्छ । साथै
बिरेनुनको सेवनले पनि कब्जियतमा राहत
पुग्छ ।
४. सुख्खा खोकीः दुइ तिनवटा ल्वांग
घिउमा तताएर मुखमा हाल्नुहोस् र
चपाउनुहोस् । नियमित
रुपमा यसो गर्दा सुख्खा खोकी कम हुँदै
जान्छ । साथै मरिच र
अदुवाको धूलो बराबर
मात्रामा तातो घिउमा मिलाएर
खाँदा पनि हुन्छ ।
५.खकार सहितको खोकीः अदुवा, मरिच
तथा तुलसीका केही पात मिलाएर
पिँध्नुहोस् अनि तातो पानीमा मिलाएर
खानुहोस् । धनिया, चिनी र
पानी मिलाएर पकाएर बिहानपख
पिउँदा पनि खकार सहितको खोकी कम
हुन्छ ।
६.अपच तथा पेट फुलिने, ग्यास भरि नेः ५
ग्राम सुकेको अदुवाको धूलो १ लिटर
पानीमा उमालेर दिनको २।३ पटक
पिउनुहोस् । साथै एक
चम्चा मनतातो पानीमा एक चिम्टी हिंग
घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने
तथा पेट फुलिने, डकार आउने
जस्ता समस्या कम हुन्छन् ।
७. दाँत दुखेमाः ल्वांगको तेल किराले
खाएको दाँतको प्वालमा राख्नुहोस् ।
साथै दाँत दुखाइ कम गर्न हिंग तथा नुन
मिलाएर दुखेको दाँतमा राख्नु
पनि उपयुक्त हुन्छ । मरिच र ल्वांग
मुखमा राखेर चपाउँदा पनि दाँतको दुखाई
केही कम हुन्छ ।
८. कान दुखेमाः अदुवाको रस
मनतातो गरी तताएर दुइचार
थोपा कानमा नियमित
राख्दा कानको दुखाइकम हुन्छ । साथै
लसुनको रसका दुइचार
थोपा कानमा दिनको ३ पटक राख्नुहोस्
। यसो गर्दा पनि कानको दुखाइ कम
हुन्छ ।
९. झाडापखालाः सुकेको अदुवाको धुलो र
चिनीपानीमा मिलाएर दिनमा दुइपटक
पिउनुहोस् । इशागोल र दही मिलाएर
दिनको दुइ पटक खानुहोस् ।
मोहीमा चियापत्ति मिलाएर
खाँदापनि झाडापखाला कम हुन्छ ।

0 comments:

Post a Comment