नौ रोग र तिनको घरेलु उपचार
===================
रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ ।
उपचारका लागि अस्पताल वा क्लिनिक
कुँदिहाल्छौँ । गाउँघरतिर
सानो तिनो रोग
ब्याधमा घरायासी औषधि र
जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत
गर्ने प्रचलन छ । तर सहरबजार तिर
घरायासी औषधितथा घरेलु
उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन ।
थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् ।
यस्तो अवस्थामा क्लिनिक कुँदेर
एलोप्याथिक
औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर
बजारमा समेत हामीले घरकोठामै
केही सामान्य
रोगको घरेलु विधिबाटै उपचार गर्न
सक्छौँ । यसो गरियो भने उपचार खर्च
जोगिने मात्र होइन
औषधिको नकारात्मक असर बाट
पनि बँचिन्छ । यहाँ हामीले केही रोग र
तिनका घरेलु
उपचारका विषयमा जानकारी प्रस्तुत
गरेका छू ।
१. चिसो र रुघा खोकीः चिसो र
रुघा खोकी लागेमा मरिच र
सुकेको अदुवा पिँसेर धुलो बनाउनुहोस्,
त्यसलाई महमा मोलेर दिनको २।३ पटक
खानुहोस् ।
यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै
बेसारमा मह मिसाएर खाने
गरेमा पनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्ता वा उल्टी विभिन्न
कारणले हुनसक्छ । सामान्य
उल्टी रोक्नका लागि पानी
मा कागतीको रस र केही नुनहालेर
खाँदा फाइदा हुन्छ । साथै कागतीको रस
र चिनी मिसाएर पानीमा हालेर
खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३.
कब्जियतः रातमा खाना खाइसकेपछि इशागोल
र दूध मिलाएर
खाँदा कब्जियतमा फाइदा हुन्छ । साथै
बिरेनुनको सेवनले पनि कब्जियतमा राहत
पुग्छ ।
४. सुख्खा खोकीः दुइ तिनवटा ल्वांग
घिउमा तताएर मुखमा हाल्नुहोस् र
चपाउनुहोस् । नियमित
रुपमा यसो गर्दा सुख्खा खोकी कम हुँदै
जान्छ । साथै मरिच र
अदुवाको धूलो बराबर
मात्रामा तातो घिउमा मिलाएर
खाँदा पनि हुन्छ ।
५.खकार सहितको खोकीः अदुवा, मरिच
तथा तुलसीका केही पात मिलाएर
पिँध्नुहोस् अनि तातो पानीमा मिलाएर
खानुहोस् । धनिया, चिनी र
पानी मिलाएर पकाएर बिहानपख
पिउँदा पनि खकार सहितको खोकी कम
हुन्छ ।
६.अपच तथा पेट फुलिने, ग्यास भरि नेः ५
ग्राम सुकेको अदुवाको धूलो १ लिटर
पानीमा उमालेर दिनको २।३ पटक
पिउनुहोस् । साथै एक
चम्चा मनतातो पानीमा एक चिम्टी हिंग
घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने
तथा पेट फुलिने, डकार आउने
जस्ता समस्या कम हुन्छन् ।
७. दाँत दुखेमाः ल्वांगको तेल किराले
खाएको दाँतको प्वालमा राख्नुहोस् ।
साथै दाँत दुखाइ कम गर्न हिंग तथा नुन
मिलाएर दुखेको दाँतमा राख्नु
पनि उपयुक्त हुन्छ । मरिच र ल्वांग
मुखमा राखेर चपाउँदा पनि दाँतको दुखाई
केही कम हुन्छ ।
८. कान दुखेमाः अदुवाको रस
मनतातो गरी तताएर दुइचार
थोपा कानमा नियमित
राख्दा कानको दुखाइकम हुन्छ । साथै
लसुनको रसका दुइचार
थोपा कानमा दिनको ३ पटक राख्नुहोस्
। यसो गर्दा पनि कानको दुखाइ कम
हुन्छ ।
९. झाडापखालाः सुकेको अदुवाको धुलो र
चिनीपानीमा मिलाएर दिनमा दुइपटक
पिउनुहोस् । इशागोल र दही मिलाएर
दिनको दुइ पटक खानुहोस् ।
मोहीमा चियापत्ति मिलाएर
खाँदापनि झाडापखाला कम हुन्छ ।
[postlink]https://midnepallove.blogspot.com/2013/03/nine-diseases-and-their-solution.html[/postlink]
[postlink]https://midnepallove.blogspot.com/2013/02/first-loveletter.html[/postlink]
म जब कक्षा १० मा पढ्दै थिए, त्यसबेलामा मेरो एउटै मात्र बानि थियौ ...पहिलो त धेरै गफ गर्ने र अर्को social work ..यही बानी ले गर्दा हुनसक्छ मलाई class captain बनाइएको थियो। त्यसपछि साथीहरूले जिस्काएर मलाई तेरो अब girlfriend हुनुपर्छ भन्दाखेरी ....मलाइ पनि कता कता लग्यो म १६ वर्ष भैसके. .र capatain पनि हो त्यसैले मलाई त girlfriend चाहिन्छ नै.. भन्ने घमण्ड चड्न थाल्यो र अब प्रेम पत्र (love letter) दिनुपर्यो एक जनालाई भनेर सोच्दा..... साथीहरुको सल्लाहमा ................. लाइ दिनु पर्छ भनेर भन्न थाले।किनकि ......... पनि म जस्तै गफ गर्ने र अर्को.......... class ko 2nd girl...अब त दिने तर कसरी ?र के दिने? के ही थाहा छैन के लेख्ने?...परेन फसाद...अनी हामिले कावासोती बजारमा गएर '"how to write love letter'" भन्ने book ल्याएर त्यसको १ ओटा प्रेम पत्र सरेर उनको झोलामा सुटुक्क राखिदिएँ अनि बेलुका त सारै डर लागेर सुत्नै सकिन। अनि भोलिपल्ट म सँग उनि बोल्दा पनि बोलिन half time पछि आफ्नो झोलामा letter देख्दा सारै खुसी लागेर साथीहरुलाई सबैलाई मेरो जवाफ आयो भन्दै गफ दिदै साथीहरुको बिचमा बसे र खोलेर हर्छु त उनले मेरो पत्र नै फिर्ता गरेर त्यसमा 3/100 (3 out of hundred) लेखेको रहेछ के गर्ने भनेर त्यस माथि साथीहरुको जिसकाइ.... त्यसको 2 दिन पछि मैले फेरी फिर्ता दिदै letter तल तिम्रो calculation गलत छ यसैले फेरी re check( पुनः योग ) गरिपाउँ भनेर तेही letter ma fine बापत Rs.100 (१०० रुपैया) पनि खाममा हाले अनि उनलाई दिए । त्यो देखेर उनि मरि मरि हसिन र भनिन तिमीलाई गफमा जित्न सकिन भन्दै.... mero love letter accept गरीन अनि मलाई गाली पनि गरि किनकि यो मेरो love letter जस्तो त उसले अरु 3 जनाबाटै पाएकी रहिछन ,र मेले त्यो " How to Write Love Letter" किताब रिस उठेर नारायणीमा लगेर फालिदिएँ...
First Loveletter
Subscribe to:
Comments (Atom)